८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रामकृष्ण खड्गीको निर्देशनमा बुद्धकालिन कथामा आधारित चलचित्र ‘कर्म’ को सुभसाईत 


प्रकाशित: बुधवार, १ फागुन २०७५, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषाका चर्चित निर्देशक तथा कथाकार रामकृष्ण खड्गीको निर्देशनमा बुद्धकालिन कथामा आधारित ‘कर्म’ चलचित्रको बुधवार एक कार्यक्रमविच सुभसाईत गरिएको छ । 


यस अघि नेपालभाषाको चलचित्र इतिहासमा एक अद्धितिय कीर्तिमान कायम गर्न सफल बुद्धकालिन कथामा बनेको चलचित्र भएको “पटाचारा” को निर्देशन गरिसकेका खड्गीको फेरी बुद्धकालिन कथामा नै आधारित रहेको यस चलचित्रको निर्देशन गर्न लागेका हुन । 


एपी वनको स्टुडियोमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा जनकवि दुर्गालाल श्रेष्ठ र हास्य सम्राट कहलिएका ख्याति प्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितीमा सो चलचित्रको सुभ साईत सम्पन्न गरिएको थियो ।


गुण सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण हुनलागेको सो चलचित्रको शुभमुहुर्त कार्यक्रमको सभापतिको कार्यक्रम आयोजक गुणसिनेमाका अध्यक्ष राजेन्द्र(दिजेन्द्र) शाक्य रहेका थिए ।


शुभसाइत दृष्यकालागि अभिनेता कर्मा र अभिनेत्री आशिष्मा नकर्मिले अभिनय गरेका थिए भने प्रमुख अतिथी मध्ये एक अभिनेता श्रेष्ठले सो दृष्यको निर्देशन गरेका थिए । 


यस्तैगरी अर्का प्रमुख अतिथी जनकवि श्रेष्ठले क्यामेराको स्वीच अन गरेका थिए । 


लोकप्रिय अभिनेत्री मेलिना मानन्धरले क्लयाप दिई आरम्भ गरेको शुभसाइत दृष्यकोलागि नरिवल भने सभापति गुण सिनेमाका अध्यक्ष शाक्यले फोरेका थिए । 


सोही कार्यक्रममा गुणसिनेमा द्वारा निर्मित र रामकृष्ण खडगी निर्देशित दोश्रो चलचित्र “कृषा गौतमी”को ६८ दिनसम्म लगातार सफलता पूर्वक प्रदर्शन भएको खुशीयालिमा सो चलचित्रका कलाकार, प्राविधिक र सहयोगीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।


भिक्षु निग्रोध भन्तेबाट पञ्चशिल पाठ गराएर आरम्भ भएको सो कार्यक्रममा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर “असंबरे” , निर्देशक खडगी, प्रमुख अतिथी श्रेष्ठद्वय लगायतले मन्तव्य प्रकट गरेका थिए ।


सभापतिका रुपमा रहेका गुणसिनेमाका अध्यक्ष्य शाक्यले आफुले निर्माण गरेको बुद्धकालिन दुई चलचित्रहरु “पटाचारा” र “कृषा गौतमी”को जस्तै आफ्नो निर्माणाधिन चलचित्र “कर्म” को पनि सबै आम्दानी बुद्ध र बौद्ध धर्म सम्बन्धी विहारकोलागि प्रदान गर्ने कुराको घोषणा गरेका थिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex