६ भाद्र २०८३, शनिबार
Header

राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरयो


प्रकाशित: शुक्रवार, २५ चैत्र २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी घोषणापत्र सावर्जनिक गरेको छ । 


शुक्रवार सार्वजनिक समारोहको आयोजना गरी पार्टी अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन । 


घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ । सरकार खर्चालु भएको तथा सुशासन र समृद्धिमा खासै प्रगति गर्न नसकेका बताएको छ । 


नगरपालिकालाई क्रमशः आधुनिक र सबै सुविधायुक्त शहर (स्मार्ट सिटी) को रुपमा योजनाबद्ध विकास गर्ने र गाउँपालिकालाई नगरन्मोख गाउँ बनाउने घोषणापत्रमा उल्लेख छ । 


घोषणापत्रमा राप्रपा नेपालको स्थानिय चुनावी अवधारणा, स्थानीय सुदृढ स्वात्तय शासनमा राप्रपा नेपालको योगदान लगायत जनताको जनजिविकाका विषय, समाजिक, आर्थिक विषयमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex