२८ बैशाख २०८१, शुक्रबार
Header

राप्रपा आन्दोलनका घाइते डाँगीको मृत्यु 


प्रकाशित: सोमवार, ३ बैशाख २०८१, १२ः१७ बजे
- महानगरखवर

काठमाडौं । गत चैत्र २७ गते काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको अन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।


घाइते डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमवार बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका भद्रकालीमा प्रहरीसँगको झडपमा प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।


डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।


उक्त दिन राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD