८ बैशाख २०८१, शनिबार
Header

राप्रपा अध्यक्षमा कमल थापाको हार, लिङदेन बिजयी


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । राप्रपाको काठमाडौंमा जारी एकता महाधिवेशनमा राजेन्द्र लिङदेन अध्यक्ष पदपमा बिजयी भएका छन । 


आईतवार सार्वजनिक मतपरिणमामा अध्यक्षका प्रत्यासी कमल थापाको भने हार भएको छ । लिङदेनले १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन । ४३१ मत बदर भएको थियो ।


थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई सामाजिक सञ्जालमा बधाई दिँदै लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’


खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा। धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन ।


नेपालकी चर्चित नायिका रेखा थापा भने महामन्त्रीमा पराजित भएकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD