१० भाद्र २०८३, बुधबार
Header

राप्रपाले सरकारसँग ४० बुँदै माग राख्दै काठमडौंमा गरे प्रदर्शन


प्रकाशित: बुधवार, ९ फागुन २०८०, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग ४० बुँदै माग राख्दै शक्ति प्रदर्शन गरेका छन । 


बुधवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरवार पुगेर प्रधानमन्त्री पुुष्पकमल दाहाललाई ४० बुँदे मागपत्र बुझाएको छ । 


प्रधानमन्त्री दाहाललाई भेटेपछि लिङदेनले भने,‘देश यस्तो अवस्थामा पुग्यो कि यही सहन सक्दैन । नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्यो भनेका छौं ।’ 


उनले प्रम दाहाललाई ४०बुँदेलाई मागको रुपमा मात्र नलिन आग्रह समेत गरेको लिङ्देनले सुनाए ।


आजैबाट ४० बुँदे मागलाई लिएर राप्रपाले शान्तिपूर्ण आन्दोलनको सुरुवात गरेको छ । आन्दोलनलाई सरकारले उपेक्षा गरे कठोर आन्दोलनसँगै विद्रोह समेत गर्ने चेतावनी दिएका छन । 


उनीहरुले काठमाडौंमा आज प्रदर्शन गरेका छन । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित माग राख्दै प्रदर्शन गरेको हो । 


उनीरुको मागमा प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राखेर विरोध प्रदर्शन सुरु गरेका छन । 


राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसा देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex