१६ बैशाख २०८१, आइतबार
Header

राप्रपाले मनायो पृथ्वी जयन्ती (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, २७ पुस २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको छ ।


शुक्रवार काठमाडौं भृकुटीमण्डपमा राप्रपाले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस तथा चियापान कार्यक्रम गरेको हो । 


कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । 

 

 


सो अवसरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतको उपस्थिती रहेको थियो । 


राप्रपाले ८ हजार भन्दा बढिलाई आमन्त्रण गरेको सो कार्यक्रमका राप्रपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागित रहको थियो । 


कार्यक्रमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि,धार्मिक संघ संगठनका, उद्योगी, व्यवसायी, पेशाकर्मी, बुद्धिजीवीहरु आएका थिए । 

 


बिहान ११ बजे भृकुटीमण्डपबार्ट याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD