काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यका केन्द्रीत बृहत विरोध प्रदर्शन गरेका छन ।
बुधवार राप्रपाले रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध सभा गरेका थिए । सभालाई राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, कुन्ती शाही, पशुपति सम्शेर जवरा लगायतका नेताहरले सम्बोधन गरेका थिए ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रूपमा स्वीकार गर्नुु पर्ने बताएका छन ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने बताउँदै जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरूको आपत्ति नरहने तर्क पनि पेश गरेका छन ।
जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने भएको सो कटौती गर्नु पर्ने बताए ।

प्रदर्शनमा संघीयता खारेज गर, भ्रष्टचारीलाई कार्वाही गर, राजसंस्था पुर्नस्थापना गर, देशभित्र रोजगारीको व्यवस्था गर लगायतका नारावाजी गरिएको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय