२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी सेनालाई दिने बिषयमा महानगरको बोर्ड बैठकमा चर्को बिरोध


प्रकाशित: शुक्रबार, ११ साउन २०७५, १९ः०९ बजे
- महानगरखबर

काठमाडौं । पुरातात्विक सम्पदा रानीपोखरी नेपाली सेनालाई पुनः निर्माणको जिम्मा दिने विषयमा छलफल चलेपछि महानगरभित्रै चर्को विरोध भएको छ । 


काठमाडौं महानगरपलिकाको शुक्रबार बसेको बोर्ड बैठकमा सो विषयमा उपस्थित अधिकांश वडा अध्यक्षहरुले सेनालाई रानीपोखरी पुनः निर्माण दिन नुहने भन्दै बिरोध गरेको छ । 


रानीपोखरी पुनः निर्माणको थालनीदेखिनै विवाद सुरु भएपछि निर्माण कार्य अनिश्चित हुँदै जाँदा सरकारले रानीपोखरी निर्माणको जिम्मा सेनालाई दिन छलफल अगाडि बढाएको थियो । यसै बिषयलाई केन्द्रित गरेर महानगरले यो बोर्ड बैठक बोलाएको हो । 


बोर्ड बैठकमा चलेको  छलफल बारे महानगर उपप्रमुख हरिप्रभा खड्गीले सेनालाई रानीपोखरी बनाउने विषय कुनै टुंगो नलागेको सञ्चारमाध्यमलाई बताईन । उपमेयर खड्गीले सेनाको काम सम्पदाको सुरक्षा गर्ने हो, बनाउने होईन । यस बिषयमा आफुहरु सहमत नभएको जानकारी दिईन् । 


सो बिषयलाई लिएर अभियन्ता र सरोकारवालाहरूले पनि कडा विरोध जनाएका हुन् ।


केही समय अघि रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच मंगलबार सेनालाई रानीपोखरी जीर्णोद्धार जिम्मा दिनेबारे छलफल भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex