काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानी पोखरी साँझ पनि खोल्ने तयारी गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विहान जस्तै साँझ पनि हिँडडुल गर्ने गरी तयारी गरेको बताए ।
‘बिहानजस्तै साँझमा पनि हिँडडुल गर्न मिल्ने वातावरण बनाउँछौँ । रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझलाई सुन्दर बनाउनेछौँ ।’ –उनले भने ।
अहिले रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको उनले बताए ।
रानीपोखरीको प्रशासकिय प्रमुख टोलीको नेतृत्वले अवलोकन गरेपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग पनि छलफल गरेको थियो ।
अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए ।
Categorized in सम्पदा/संस्कृति