१४ बैशाख २०८१, शुक्रबार
Header

रानीपोखरी लगायत महत्वपूर्ण सम्पदा मेरो कार्यकालमा पुराः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, २६ साउन २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमै रानीपाखरी, धरहरा, कमलपोखरी लागयतको सम्पदा पुरा भएको बताएका छन । 


कामपा वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले सो कुरा बताउएका हुन । 


कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि शाक्यले बताउँदै भने ‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उहाँले भन्नुभयो, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’  


सो अवसरमा शाक्यले भने, ‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भने,‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’


सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।  


उनले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD