१३ बैशाख २०८१, बिहिबार
Header

रानीपोखरी र दरवाईहाईस्कुलको उद्घाटन


प्रकाशित: बुधवार, २०७७ कात्तिक ५ गते, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक कार्यक्रमविच रानीपोखरीको उद्घाटन गरेकी छिन । 


सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोड्ने बृहत टुँडिखेल गुरुयोजना बारे चर्चा समेत गरेकी थिईन ।  राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह समते गरेकी छन ।


परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा उदाहरण प्रस्तुत गरेको उनले बताइन ।


त्यसैगरी बुधबार नै राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको पनि उद्घाटन गरेकी छन ।


२०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्‍याउने चीन सरकारलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD