काठमाडौं । काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले महानगरपालिले रानीपोखरी बनाउन नपाउँदा दुःख लागेको बताएकी छिन ।
विहिवार रानीपाखेरी हस्तान्तरण कार्यक्रममा उपप्रमुख खड्गीले भनिन,‘ हामीले बनाउनु पर्ने रानीपोखरी मैले जुन दिन चाही यो राष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएपछि म एकदमै दुःखी भएकी थिए, किन भने बनाउन हामी सबै मिलेर बनाउने हो त्यैपनि हामी काठमाडौं महानगरपालिकासँग सबै क्षमता थियो त्यो क्षमताबाट पनि बाहिर बस्नु परेर गर्नु पर्दा आफै अगाडी बसेर गर्न नपाउँद दुःखी छ, अन्तिम सम्म सायद यो दुःखि मान्छु ।’
त्यसैगरी उनले धरहरा पनि हाम्रो मातहातमा बनाउन नपाउँदा दुखि लागेको छ । हामीसँग क्षमता भएर पनि हामीले धरहारा बनाउन सकेनौ उनले भनिन ।
तर काष्ठमण्डप महानगरपालिको बनाउन पाएकोमा भने आफू खुसी भएको उपप्रमुख खड्गीले बताईन । काष्ठमण्डप निर्माण ऐतिहासिक हुने बताउँर्दै महानगरका प्रमुख, उपप्रमुखलगायत सरोकारवालाहरुको नाम सधै काष्ठमण्डपमा उल्लेख हुने उनले भनिन ।
Categorized in समाज