२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी पुननिर्माण प्राधिकरणले गर्ने, मल्लकालिन शैलिमा बन्ने


प्रकाशित: मंगलवार, २२ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले रानीपोखरी पुननिर्माण अब राष्ट्रिय पुननिर्माण प्राधिकरणले गर्ने भएको छ ।


काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणको लागि प्रयासरत भईरहेकै बेला मन्त्रिपरिषदको माघ १४ गतेको बैठकले रानीपोखरी पुननिर्माण प्राधिकरणलाई जिम्मा दिएको थियो । 


यस अघि माहानगरपाकिलाले विभन्न समयमा टेण्डर आव्हान गरेपनि स्थानीय, सम्पदा बचाउन अभियान, पुरातत्व विभागलगायतसँग कुरा नमिल्दा रानीपोखरी पुननिर्माण अलपत्र परेको थियो । 


प्राधिकरणले पुननिर्माण गर्ने रानीपोखरी मल्लकालिन शैलीमा हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । 


उनले सबै सम्बन्धित निकायको र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीबाट नै रानीपोखरी पुनःनिर्माण गर्ने जनाएका छन । 


मन्त्रपरिषद् बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो । 


तीन वर्षअघि राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गरेकी थिइन ।  


भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि रानीपोखरी पुनर्निर्माणबारे अन्यौल भईरहेको बेलो सरकारको यो निर्णय आएको हो । 


मल्लकालिन ईतिहास अनुसार प्रताप मल्लले रानीपोखरी बीचमा बालगोपालेश्वर र चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको छ । 


उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरव मन्दिर, उत्तर–पूर्वी कुनामा भैरव मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex