२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी पुननिर्माणमा भक्तपुर नपाले प्राविधिक जनशक्ती सहयोग गर्ने


प्रकाशित: बुधवार, २२ फागुन २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरीको पुननिर्माणले गति लिएको छ । 


रानीपोखरी पुननिर्माणको लागि आवश्यक प्राविधिक जनशक्ति भक्तपुर नगरपालिकाले गर्ने भएको छ । 


राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणको जिम्मा पाएपछि पछिल्लो केही दिनयता काम सुरु भएको प्रमुख सुशिल ज्ञवालीले बताएका छन । 


प्रमुख ज्ञवालीका अनुसार भक्तपुर नगरपालिकाले प्राविधिक जनशक्ति सहयोग गर्न लागेको हो । 


भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरु सबैको साझा भएकोले यसको संरक्षण तथा सम्बद्र्धनमा सबैको साझा सहयोग भएको बताए । 


भक्तपुर नगरपालिका–१ कार्यालयले आयोजना गरेको उपभोक्ता समितिहरुको भेला तथा छलफल नगर प्रमुखले सो कुरा बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex