२० बैशाख २०८१, बिहिबार
Header

रानीपोखरी पुननिर्माणः बालगोपालेश्वर मन्दिरको डिजाईन तयार


प्रकाशित: बुधवार, २५ असार २०७६, ८ः३० बजे
- महानगरखवर

काठमाडौं । रानीपोखरी पुननिर्माणको कार्यले ढिलै भएपनि तिव्रता पाउन थालेको छ । 


मल्लकालीन ग्रन्थकुट शैलीमै पुननिर्माण गर्ने भनिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको डिजाइन तयार भएसँगै निर्माण कम्पनीसँग सम्झौता भएको छ । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मंगलवार भएको सो सम्झौता अन्तर्गतनै काम अघि बढ्ने जनाएको छ । 


प्राधिकारण प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीका अनुसार बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा हुने हुनेछ । 


पुननिर्माणको लागि प्राधिकरण र निर्माण कम्पनी सिएर तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता भएको हो । 


मन्दिरमा जाने पुल र पोखरी वरिपरि बगैंचा पुनर्निर्माण गर्न सम्झौता भएको प्राधकिरणले जनाएको छ । सो पुनिर्माणको लगि १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँमा भएको हो । 


सम्झौतापत्रमा प्राधिकरण तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । 


पुननिर्माण कार्य भोत्तउपभोक्ता समितिमार्फत भईरहेकोले रानीपोखरी पुनर्निर्माण द्रुत गतिमा सँगसँगै अघि प्राधिकरणको भनाई छ । 


रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापित र निर्माण कम्पनीले आफूहरू समन्वय गरेर काम गर्ने बताएका छन ।  भाइटीकासम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।


विनाशकारी भूकम्पपछि भत्किएको रानीपोखरी पुननिर्माणमा कसले र कसरी बनाउने भन्ने विवाद चर्केपछि उपभोक्ता समिति निर्माण कार्य अघि बढको हो ।


अहिले यही समिति अन्तर्गत भक्तपुरका करिब ३० महिला र ८ डकर्मी निरन्तर पुननिर्माणको काममा खटिरहेका छन । 


प्राधिकरणले रानीपाखरीमा प्राकृतिक रुपमै पानी अड्याउने परिक्षण सफल भएपछि रानीपोखरी पुननिर्माण ढुक्क भएको प्रमुख ज्ञवालीले बताएका छन । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD