काठमाडौँ । रानीपोखरी मन्दिर पुनः निर्माण महानगर नगरपालिकाले गर्न नसक्ने भएपछि नेपाली सेनालाई जिम्मा लगाउने तयारी गरेको छ ।
पुनः निर्माण थालनीदेखिनै विवादमा परेको पुरातात्तिक सम्पदा रानीपोखरी पछिल्लो पटक काठमाडौ महानगरको पहलमा जेठको दोश्रो हप्तादेखि सुरु गर्ने घोषणा गरेका थिए तर फेरि अन्यौलमा छ महानगर ।
पुरातत्व विभाग स्रोतका रानीपोखरी पुनः निर्माण नेपाली सेनालाई दिने बिषयमा रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ ।
२०७२ को भुइँचालोले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा क्षति पुराएपछि पुनः निर्माण कार्य अघि बढाएपनि रानीपोखरीलाई आधुनिक सुविधासम्पन्न बनाउने भन्दै पुरातत्व मान्यता विपरित निर्माण हुन थालेपनि सम्पदा अभियान्ता, स्थानीवासी लगायतको कडा विरोध भएपछि निर्माण रोकिएको थियो ।
सेनालाई दिने विषयमा कुरा चलेपछि सम्पदा अयिभान्ताले आपत्ती जनाएको छ । अभियन्ता आलोकसिद्धि तुलाधरले यसले भविष्यमा आन्तरिक द्वन्द्व लैजान सकिने संभावना रहेको बताएका छन् ।
पहिला नै विवाद भएको ठाउँमा सेनालाई धकेल्दा फेरि विवाद बढ्ने अभियान्ता तुलाधारले बताए । सम्पदा पहिला जस्तो थियो त्यस्तै बन्नुपर्छ भन्ने अडानमा सम्पदा अभियानकर्ताहरु रहेका छन् ।
यता महानगरका उपमेयर हरिप्रभा खड्लीले सम्पदा सेनालाई दिन नहुने बताएकी छिन् । जनप्रतिनिधिले सम्पदा निर्माण गर्नुपर्दछ, सेनाले होइन भन्दै सेनालाई दिने कुरा मान्य नहुने उपमयेर खड्गीको भनाई छ ।
सम्पदा बचाउन अभियानका संयोजक गणपतीलाल श्रेष्ठले सानो प्रोजेक्टको लागि सेना परिचालन गर्न नहुने बताएका छ । संयोजक श्रेष्ठका अनुसार बाहिर निर्माण ६ करोड रुपैयाँ र मन्दिरको लागत १ करोड २५ लाख रुपैयाँ मात्र रहेकोले यो एकमदै सानो प्रोजेक्ट हो ।
रानीपोखरी पुनर्निर्माणको शिलान्यास २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर गरिएको थियो । २०६३ सालको भाइटीकासम्म निर्माण सम्पन्न गर्ने गरी महानगरले काम सुरु गरेको थियो ।
Categorized in सम्पदा/संस्कृति