२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी पुनः निर्माण अन्यौलमा, यो बर्षपनि दिदीबहिनी नहुनेहरुको तिहार खल्लो


प्रकाशित: सोमबार, २९ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । पुरातात्विक सम्पदा रानीपोखरीको पुनः निर्माण फेर अन्यौलमा परेको छ । 


केही समय अघि रानीपोखरी निर्माणको लागि काठमाडौं महानगरपाकिाले आव्हान गरेको बोलपत्र र आशयपत्र माग गरेको थियो तर मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका निर्माण कम्पनीहरु योग्यता अपुग भएपछि पुनः निर्माण अन्यौलनमा परेको हो ।

 
दोस्रोपटक पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । 


काठमाडौं महानगरपालिकाले मेयर बिद्या सुन्दर शाक्यले फेरी बोलपत्रको आव्हनको लागि समय लाग्ने भएकोले पुनः निर्माण कार्य पछि सर्ने सञ्चारमाध्यमलाई जानकारी दिएको छ । 


रानीपोखरी पुनः निर्माणमा लामो समयदेखि सम्पदा अभियान, पुरातत्व विभाग, कामपा विच तालमेल नहुँदा विवादीत बन्दै आईरहेको छ । 


पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाईदा तिहारमा भाइटीकाको दिनमात्र  मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउन नपाउने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex