२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण


प्रकाशित: विहिवार, ८ पुस २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । ऐतिहासिक रानीपोखरी विहिवार एक कार्यक्रम विच काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । 


राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण सम्पन्न गरेको रानीपोखरीको भित्री खण्ड महानगरपालिकालाई हस्तान्तरण गरेको हो । 


हस्तान्तरण पत्रमा महानगरको तर्फबाट महानगर प्रमुख विद्यासुन्दर शाक्य र पुननिर्माण प्राधिकरणका तर्फबाट कार्यकारी प्रमुख शुशिल ज्ञवालीले हस्ताक्षर गरेका थिए । 

 


हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले महानगरको सम्पती महानगरलाई बुझाएको बताएका छन । ऐतिहासिक रानीपोखरी निर्माणको क्रममा थुप्रै विवादहरु आएपनि प्राधिकरणको नेतृत्वमा सम्पन्न भएकोमा प्राधिकरणलाई प्रमुख शाक्यले धन्यवाद दिएका थिए ।


सो अवसरमा शाक्यले महानगरको पहलमा गठित उपभोक्ता समितिका सदस्यहरुलाई पनि धन्यवाद दिएका थिए । 

 


प्राधिकरणका कार्यकरी प्रमुख ज्ञवालीले रानीपोखरी करिब २६ करोडको लागतमा पुननिर्माण भएको जानकारी दिए । पुननिर्माणमा महानगरपालिकाले गरेको सहयोगको पनि ज्ञवालीले प्रशंसा गरे । 


रानीपोखरी पुननिर्माणको २०७७ साल कातिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex