५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

राधेराधेमा बसले मोटरसाईकलाई ठक्कर दिँदा खयाजुको निधन


प्रकाशित: शनिबार, १९ जेठ २०७५, २०ः०४ बजे
- जेम्सज्वेलरीखबर

भक्तपुर ।  मध्यपुर ठिमीको राधेराधेस्थित एक बसले मोटरसाईकल ठक्कर दिँदा चालक दिपक खयाजुको अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

 
मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेस्थित सडकमा बा.३. ख २७२२ नम्बरको बसले बा.४० प २०९४ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय खयाजुको ठिमी अस्पताल हुँदै बीएन्डबी अस्पताल ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको छ ।


उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex