१६ चैत्र २०८०, शुक्रबार
Header

रातो मछिन्द्रनाथ विवादः संवादको लागि सरोकारवालाको उपस्थिती आवश्यक


प्रकाशित: आईतवार, २४ पुस २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरमा प्रतिस्थापन गरिएको रातो मछिन्द्रनाथ मुर्ति प्रतिस्थापनमा देखिएको विवाद टुंगाउन सरोकारबालाको प्रत्यक्ष उपस्थितीमा मात्र हुने ३२ पानेजु संघले जनाएको छ ।


आईतवार ललितपुरको बुंगमतिमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाहरुले आफ्नो विचार राखेका छन । 


उनीहरुले हजारौं वर्षसम्म आवश्यक नपरेको मूर्ति राख्ने कार्यमा किंचित सहमत नभएको, मूर्ति हटाउनैपर्ने अडानबाट विचलित नहुने र त्यस विषयमा सरोकारवाला सबै पक्ष र निकायका प्रतिनिधिहरुको सहभागितामा मात्र संवाद हुनसक्ने बताएको छ । 


कीर्तिपुर–२, प्यंगःथांमा करुणामय रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापनाको विषयमा उत्पन्न विवादमा ह्यंगृव भैरवनाथ ३२ पानेजु संघ र सुखी गःछे‘ समाजबीच विवाद चुलिएको छ ।

 
पत्रकार सम्मेलनमा संघका अध्यक्ष यज्ञरत्न शाक्यले संचार माध्यमहरुमा आएका कपोकल्पित एकपक्षिय भ्रामक समाचारहरुलाई चिर्न र वास्तविकता सामुन्ने ल्याउन पत्रकार सम्मेलन आयोजना गर्न बाध्य भएको बताए । 


सो अवसरमा नेवाः एफएमका संचारकर्मी विरेन्द्र शाक्य ‘विविशा’ले जस्तोसुकै समस्या आपसि छलफलबाट सुल्झिने र त्यसका लागि संवादबाट समस्या समाधान गर्दै परापूर्वकालदेखिको परम्परालाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।


बुंगमतिस्थित मच्छिन्द्रबहाल परिसरमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका २२ वडाका अध्यक्ष सागर तुलाधरको उपस्थिति थियो । 


पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरुलगायत पुजारीहरुको पनि सहभागिता रहेको थियो ।

 


तस्वीर तथा समाचारः बिरेन्द्र शाक्य
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD