काठमाडौं । सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले गरेका विभिन्न १३ वटा निर्णयहरु सार्वजनिक गरेको छ ।
मंगलवार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन ।
बैठकले रातो मच्छिन्द्रनाथ रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथको लागि ६६५.९७ क्यूफिट काठ गुठी संस्थानलाई उपलव्ध गराउने र उक्त वन पैदावरको हुन आउने राजस्व रोयल्टी मिनाह गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय भएको छ ।
मन्त्रिपरिषदका थप निर्णयहरुः


Categorized in राष्ट्रिय