५ जेठ २०८२, आइतबार
Header

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (फोटो फिचर)


प्रकाशित: विहिवार, १८ बैशाख २०८२, २१ः०० बजे 
- महानगरखबर

काठमाडौं । आज विहिवारबाट काठमाडौं उपत्यकाको ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ । 


मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको पाटनस्थित पुल्चोकमा राखिएको रथ गाबहाल पुुगाएको छ ।

 
यस अघि मुर्तिलाई पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

 


यस जात्रालाई बुगं द्यःको जात्रा पनि भनिन्छ । बर्षा र सहकालको देउताको रुपमा मानिन्छ । 


पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइने परम्पार रहेको छ । 


रथलाई अब गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा भोटो जात्रा देखाई सम्पन्न हुन्छ ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex