२० बैशाख २०८१, बिहिबार
Header

रातोपुलमा बन्धक बनाएका ११ भारतीय नागरिको उद्दार, नौ जना पक्राउ


प्रकाशित: विहिवार, ३ फागुन २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको रातोपुलमा बन्धक बनाएर राखेका ११ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ । 


विहिवार जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।


परिसरले बन्धक बनाउने गिरोहका ९ जनालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । 


पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।


उनीहरुलाई अमेरिका लैजाने भन्दै काठमाडौंको रातो पुलस्थित एक घरमा बन्धक बनाएर राखेका थिए ।


एसएसपी खत्रीका अनुसार त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो । 


प्रहरीका अनुसार उनीहरुलाई यताना समेत दिने गरेको थियो । बन्धक राख्न गिरोहले  मासिक ७५ हजार लिएर उक्त घर भाडामा लिएका थिए । 


उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ। प्रहरीले ‘अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD