३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रातोपुलको एक डान्स बारमा युवकमाथि निर्घात कुटपिट


प्रकाशित: आईतबार, १९ माघ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । रातोपुलको अण्डरग्राउण्ड डान्स बारमा गएराती एक युवकमाथि निर्घात कुटपिट भएको छ । 


महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार कुटपिटबाट गुल्मीको इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्त सख्त घाईते भएका छन । 


अहिले घाईते पन्तको धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार भईरहेको प्रहरीले जनाएको छ । 


प्रहरीले घटनामा संलग्न जाजरकोटका ३४ वर्षीय गोपाल वटाला, सिन्धुलीकी १९ वर्षीया अस्मिता दुनुवार, महेन्द्रनगरका २२ वर्षीय गणेश साउद, सिन्धुपाल्चोकका २६ वर्षीया अनिता लामा र सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । 


पीडितका आफन्तले प्रहरीलाई खवर गरेपछि उनीहरुलाई पक्राउ गरिएको अनलाइनखवरडटकममा समाचार प्रकाशित छ । 


समाचार अनुसार प्रारम्भिक अनुसन्धानले एक्लै खाना खान गएका पन्तलाई एक सेट खानाको १२ हजार रुपैयाँ बिल उठाएपछि भएको विवादको क्रममा रेष्टुरेन्ट सञ्चालक तथा अन्य कर्मचारीले उनीसँग भएको ५० हजार रुपैयाँ पनि लुटपाट गरेको भेटिएको छ ।


पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex