१४ बैशाख २०८१, शुक्रबार
Header

राती १० बजेबाट दोस्रो चरणको मतगणना हुने


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । कांग्रेस सभापति चयनको लागि जारी मतदान सकिए लगत्तै आज राती १० बजेबाट मतगणना हुने भएको छ । 


मंगलवार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सम्म तोकिएको छ ।


महाधिवेशन प्रचार विभागका उपप्रमुख सुरेश आचार्यका अनुसार राति १० बजेबाट मतगणना सुरू हुने र ३–४ घण्टामै मतगणना सकिने छ । 


अब एकै चोटी पर्सि बिहिबारदेखि मात्र अन्य पदको मतगणना हुने आचार्यले जानकारी दिए ।


सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवारहरुले कांग्रेसको विधान अनुसार ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । 


दोस्रो चरणमा सभापतिको लागि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD