३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राती १ः४५ बजे खण्डग्रास चन्द्रगहण लाग्ने, चार राशीलाई लाभ


प्रकाशित: मंगलवार, ३१ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । खण्डग्रास चन्द्रगहण राती एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ ।


विहान ३ बजेर १५ मिनेटमा मध्य र ४ बजेर ४५ मिनेटमा सकिने ज्योतिषीहरुले बताएका छन । 


ब्रम्हाण्डमा रहेका ग्रहहरुको निरन्तर घुम्ने प्रक्रियाको क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा परेको अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भनिन्छ । 


यस अवस्थामा विभिन्न धार्मिक भनाईहरु रहेको छ, कतिपयले यसलाई अन्धविश्वास भन्ने गरेको छ । 


तर ज्योतिष शास्त्रले यसलाई पृथ्वीका प्राणीहरुलाई असर पर्ने बताउछन । चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई राशी अनुसार फरक पार्ने बताउँछन । 


यसपालिको चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न हुँदैन, मन्दिर जाने, पूजापाठ गर्ने काम पनि रोक्नुपर्छ ।


नियमित औषधी सेवन गर्नेहरुले भने भने औषधी छाड्नु हुँदैन । त्यसैगरी चन्द्रग्रहणको बेला सुत्नु नहुने विश्वास छ । 


चार राशीलाई भने यसपालिको चन्द्रगणले लाभ हुने ज्योतिषहरुले बताएका छन । कर्कट राशीलाई सुख प्राप्ति हुन्छ भने कुम्भलाई लाभ हुनेछ । 


त्यसैगरी तुलालाई श्री प्राप्ति, मीनलाई पनि सुख प्राप्ति हुनेछ । 


धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन गर्न नहुने भनिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex