६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

राती कमलपोखरीमा डोजर चलेपछि.........! (फोटो फिचर)


प्रकाशित: मंगलवार, ६ माघ २०७७, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक सम्पदा, संस्कृति बोकेको कमल पोखरीमा सोमवार राती डोजर चलेपछि अभियान्ताहरु रातारात संगठित भएका छन । 


डोजेरले माटो खनेर ओसार्न थालेपछि रातीनै अभियान्ताहरु एकजुट भएर माटो खन्ने काम रोक्न लगाएको अभियन्ता नरेन्द्र मानन्धरले बताएका छन ।


पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो ।


तर राती साढे आठ बजेतिर अफिसबाट घर फर्कने क्रममा कमलपोखरी पुगेका थिए । त्यहाँ डोजरले धमाधम माटो खन्दै गरेको देखेपछि उनी चनाखो भए । तत्काल फोटो खिचेर कमलपोखरी संरक्षणमा लागेका अभियन्ताहरूलाई पठाएपछि अभियान्तारु भेला भएका थिए ।


अभियन्ताहरुका अनुसार कमलपोखरीको माटो खनेर बुढानिलकण्ठ लैजान लागिएको थियो । व्यापारिक सोच राखेर सम्पदा पुनर्निर्माण गर्दा मौलिक पहिचान नै मेटिने अभियान्ताहरुको भनाई छ । 


महानगरले कमलपोखरी निर्माणका लागि करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ। निर्माण क्रममा पोखरी सुकाइएको छ भने वरिपरि कंक्रिट संरचना र बीचमा कंक्रिटकै कमलको फूल बनाउने योजना छ ।


यस अघि पोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै बनाउन माग गर्दै गत शुक्रबार आफ्नै अनुहारमा कमलपोखरीको माटो दलेर प्रदर्शन गरेका थिए । 

 

 

 

 

 



तस्वीर सौजन्यः नरेन्द्र मानन्धर, अभियान्ता (फेसबुकबाट)  

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika