२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

राति १२ बजेदेखि मौन अवधि सुरु, १६ गते चौवालिस स्थानमा चुनाव


प्रकाशित: विहिवार, १३ मंसिर २०८१, ०९ः२५ बजे
- महानगरखवर

काठमाडौं । आज (विहिवार) राती १२ बजेदेखि स्थानीय तह उपनिर्वाचनका निर्वाचन क्षेत्रमाहरुमा मौन अवधि सुरु हुने निर्वाचन अयोगले जनाएको छ । 


आयोगका अनुसार मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न निषेध गरिएको छ । 


यस अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्ल्ेख छ । 


मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । 


उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन । 


 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex