काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भएको बताएको छ ।
नेकपा एमालेका निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो बताएका हुन ।
कामलादिस्थित प्रज्ञा भवनमा आयोजित सो कार्यक्रममा ओलीले चुनावमा धाँधली भएको र एमालेको बिजयी खोसिएको दावी समेत गरे ।
निर्वाचन निष्पक्ष नभएको, लोकतन्त्र, कानुनमाथि प्रहार भएको, निर्वाचन गराउने निकायको स्पष्ट भूमिका नदेखिएको ओलीको भनाई थियो ।
ओलीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए । धाँधली र बुथ कब्जा भएको प्रमाण दिँदा पनि पुनः मतदान नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।
Categorized in राष्ट्रिय