१४ बैशाख २०८१, शुक्रबार
Header

राज्यमन्त्री मानन्धर गीत गाएर विश्व रेकर्ड बनाउँदै


प्रकाशित: विहिवार, ९ पुष २०७७, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएर विश्व रेकर्ड कायम गर्ने तयारी गरेको छ । 


राज्यमन्त्री मानन्धरले शुक्रवार विश्व कीर्तिमानकै लागि अष्टनारायण सोलो कन्सर्ट आयोजना गरेका छन । सो कन्सर्टमा गाउन उनले ६०–७० वटा गीतको तयारी गरेको छ । 


स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको रुपमा आफ्नो नाम विश्वमा राख्ने राज्यमन्त्र मानन्धरको भनाइृ छ । 


लन्डनमा रहेको वल्र्ड बुक रेकर्ड भन्ने संस्थामा नाम लेखाउने मान्धरको रहर छ । वल्र्ड बुक रेकर्ड गीनीज बुक अफ द वल्र्ड जस्तै संस्था भएको मानन्धरको भनाई छ । 


मानन्धरको प्रस्तुतिको अवलोकन गर्न लन्डनबाटै वल्र्ड बुकका प्रतिनिधिहरु नेपाल आउने भएका छन । मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनेछन । 


नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीत गाउने तयारी गरेको मानन्धरले बताए । 


निःशुल्क प्रवेशको कार्यक्रममा उनले करिब ४ घन्टा प्रस्तुति दिनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD