१४ बैशाख २०८१, शुक्रबार
Header

राज्यमन्त्री मानन्धरद्धारा सडक अनुगमन


प्रकाशित: शुक्रवार, ३० फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको स्थलगत अनुगमन गरेका छन । 


राज्यमन्त्री मानन्धरले आज (शुक्रवार) विहान बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका हुन । 


सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे बुझ्न राज्यमन्त्री मानन्धरले अनुगमन गरेका हुन । 


उनले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिंक रोडको पनि उनले अनुगमन गरेपछि ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण पनि गरिने बताए ।


ठेकेदारको लापरवाही पाईए कारवाही गर्ने समेत राज्यमन्त्री मानन्धरले चेतावनी दिए । 


सडक अनुगनमको क्रममा स्थानीय सर्वसाधरणलाई विकास निर्माणको कार्यहरुमा चासो देखाउन आग्रह समेत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD