१४ बैशाख २०८१, शुक्रबार
Header

राज्यमन्त्री मानन्धरको पहलमा मजदुरलाई खाना


प्रकाशित: शुक्रवार, १९ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सहरी राज्यमन्त्री रामवीर मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा मजदुरको लागि खानाको मेस संचालन गरिएको छ । 


लकडाउनवाट प्रभावित वनेका मजदूर तथा विपन्न वर्गका सर्वसाधारणलाई खाना खुवानको लागि मेस चलाएको हो । 


राज्यमन्त्री मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना विपन्न मजदुरहरुलाई खुवाउने अभियान सुरु गरिएको हो । 


नागार्जुन नगरपालिकाको वडा नम्बर १,२ र ३ तथा काठमाडौं महानगरको विभिन्न स्थानमा सञ्चालित विभिन्न मेसमा दैनिक दुई छाक खाना खुवाउने गरिएको राज्यमन्त्री मानन्धरले बताए ।


राज्यमन्त्री मानन्धरका अनुसार महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ ।


यस्तै, वनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएपनि महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा भने साँझको खाना मात्र खुवाउने गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD