काठमाडौं । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन ।
समितिले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिएका हुन ।
डा. गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’
गुरुङले वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरु राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाइ नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उनले बताए ।
तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उनले यसको खण्डन गरे । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ उनले भने, ‘तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं ।’
Categorized in राष्ट्रिय