८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजस्व अनुसन्धान विभाग आवश्यक नभएको अर्थमन्त्री खनालको टिप्पणी


प्रकाशित: आइतवार, ३० कात्तिक २०८२, १८ः५५ बजे
- महानगरखबर

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नपर्ने टिप्पणी गरेका छन ।


नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वासमा आधारित कर प्रणाली विकास भए यस्तो छुट्टै निकायको जरुरत नहुने बताए ।


मन्त्री खनालले अमेरिकालगायतका देशहरूको उदाहरण दिँदै राजस्वसम्बन्धी समस्या सम्बन्धित विभागले नै समाधान गर्ने व्यवस्था अधिक प्रभावकारी हुने स्पष्ट पारे । 


उनका अनुसार कर प्रशासन, भन्सार वा अन्य राजस्व निकायमै निगरानी तथा कारबाहीको जिम्मेवारी राख्दा प्रणाली सरल र पारदर्शीबन्न सक्छ ।


करिब साढे तीन महिना मात्रै वर्तमान सरकारसँग काम गर्ने समय बाँकी रहेको उल्लेख गर्दै मन्त्री खनालले यो अवधिमा आफू अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणाली विकासमा केन्द्रित रहने बताए । 


उनका अनुसार आपसी विश्वासमा आधारित प्रणाली निर्माण गर्न सके मात्रै मुलुकको आर्थिक संरचना सबल बन्न सक्ने छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex