३ भाद्र २०८३, बुधबार
Header

राजबंशी समाजद्धारा प्रदेश १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग


प्रकाशित: शनिवार, ४ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रिय समितिले प्रदेश १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । 


समितिले शुक्रवार एक पत्रकार सम्मेलन गरी  प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको हो । 


समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीले पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरेको छ । 


यसैगरी समितिले राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित हुनुपर्ने, राष्ट्रिय जनगणना आयोगको तथ्याङ्क विभागमा सूचीकृत उन्मुख जातिहरुको अलग्गै अभिलेखको व्यवस्था गरिनुपर्ने तथा भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण एवम संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने लगायतका माग गरेको छ । 


परिषद्का यही फागुन ४ देखि ६ गतेसम्म हुने १२औँ बृहत भेलाले उपरोक्त माग पूरा गराउन ऐक्यबद्धता जनाउनाका साथै मोटरसाइकल ¥याली र गोष्ठी लगायतका कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex