काठमाडौं । समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनता पार्टीले सङ्घवाद र समाजवादलाई स्वीकारे एकता हुने बताएका छन ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा कावा अध्यक्ष श्रेष्ठले राष्टिय जनमुक्ति पार्टी लगायत अरु पार्टीहरूसँग पनि पार्टी एकताको ढोका खुल्ला रहेको बताउँदै राजपलाई पनि एकताको लागि आव्हान गरेका थिए ।
यस अघि डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टी विच एकता भई समाजवादी पार्टी गठन भएको हो ।
श्रेष्ठले सो साक्षात्कार कार्यक्रमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेको ‘मेरो सरकार’, कम्युनिष्ट सरकार र कम्युनिष्ट लगायतका विषयमा टिप्पणी गरेका थिए ।
त्यसैगरी एक अन्र्तवार्तामा पार्टी अध्यक्ष यादवमाथि भएको दुव्र्यवहराको विषयमा आक्रोश पोख्दै पत्रकार मर्यादित र संयमिति हुने पर्नेमा जोड दिए ।
पार्टीको मुख्य नीति जनसङघर्ष रहेको उनले सो कार्यक्रममा बताउँदै सरकारले आफ्नो पार्टीसँग गरेको संविधान संशोधनसँग सम्बन्धित २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने हामी सरकारबाट बाहिरिने छौं र सडक तथा सदनमा सङ्घर्ष अगाडि बढ्ने समेत बताएका छन ।
Categorized in राष्ट्रिय