काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले युवालाई राजनीतिमा आरक्षण दिनु पर्ने वताएका छन् ।
राजधानीमा सोमबार सुशील कोइराला मेमोरियल फाउन्डेसनले आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारमाध्यमहरुसँगको कुराकानीमा सो करा बताएका थिए ।
कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिँदै ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको भनाई राखेका थिए ।
पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
महामन्त्री कोइरालाले आदेश आचार्यले लेखेका ‘पारानोइया’ पुस्तकको विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Categorized in समाज