काठमाडौं । सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीचको दुई दलीय संयन्त्र निर्माण भएको छ ।
संयन्त्रको मंगलबार बसेको पहिलो बैठकले दुई बुँदे निर्णय गरेको छ कात्तिक १५ गते बसेको दुई दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो ।
बैठकले पहिलो महिनामा कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने निर्णय भएको हो ।
दोस्रो प्रधानमन्त्री ओली डिसेम्बरमा चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा चीन भ्रमणसँग सम्बन्धित छ ।
चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले गर्ने निर्णय भएको छ ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा छन ।
नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन ।
राजनीतिक संयन्त्रका २ निर्णयहरुः

Categorized in राष्ट्रिय