४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजनीतिक रुपमा अल्पमतमा भएपनि विवाद छैनः मेयर चिरिबाबु


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले राजनीतिक रुपमा अल्पमतमा भएपनि महानगरभित्र कुनै विवाद नभएको बताएको छ । 


विहिवार महनगरपालिका वडा नं. १८ स्थित मगरगाउँमा आयोजित एक कार्यक्रममा मेयर चिरिबाबुले २० महिनाको कार्यकालमा अहिलेसम्म कुनै दलविशेषसँग पूर्वाग्राह नगरी विकास निर्माणको कार्यमा आफु अघि बढेको बताए । 


सो कार्यक्रममा उनले महानगरको ६४ वटा बैठक भईसकेको जानकारी दिँदै स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको भनाई राखे । 


कार्यक्रममा वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताए । 


मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको वडा अध्यक्ष खड्काले बताए । 


उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex