१८ बैशाख २०८१, मंगलबार
Header

राजनीतिक दलमा आवद्ध शिक्षक खोज्दै शिक्षामन्त्री सुमना !


प्रकाशित: मंगलवार, ४ बैशाख २०८०, १६ः०६बजे 
- महानगरखबर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानको लागि निर्वाचन आयोगसँग सहयोग माग गरेकी छिन । 


दलमा आवद्ध शिक्षक, कर्मचारी, प्रध्यापकहरुको पहिचानको लागि मंगलावर आयोगका प्रमुख आयुक्त दिनेश कमार थपलियासँग भेटी छलफल गरेको हो । 


प्रमुख आयुक्तसँग भएको छलफलबारे मन्त्री श्रेष्ठले भनिन् ‘मन्त्रालयले प्रमाण जुटाउन आवश्यक विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छौं ।’


मन्त्री श्रेष्ठले दलमा आवद्ध शिक्षक लगायत कर्मचारीहरुले दल त्याग गर्न आग्रह गर्दै आएकी छन । 


दल त्याग नगरे कानुन अनुसार कार्वाही प्रक्रिया अघि बढाउनको लागि उनले आयोगको सहयोग मागेकी हुन । 


छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न समस्या नरहेको बताएका मन्त्री श्रेष्ठको सचिवालयले उल्लेख गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD