७ बैशाख २०८१, शुक्रबार
Header

राजधानी आसपास नयाँ सहर निर्माण गरिनेः राज्यमन्त्री मानन्धर


प्रकाशित: मंगलवार, १६ बैशाख २०७७, २०ः२२ बजे
- महानगरखबर

काठमाडौं । राजधानी आसपासका क्षेत्रमा नयाँ सहर निर्माणको लागि बजेट तर्जुमा गरिने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वताएका छन ।


मंगलवार सांसदहरुसँगको छलफलमा राज्यमन्त्री मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ सहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताएको हो । 


मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग सम्म बैकल्पिक चक्रपथसहितको नयाँ सहर निर्माणमा जोड दिएको थियो ।  


६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत नुवाकोटका छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे, गल्छीदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौँको तिनपिप्ले  आदि आयोजनाका नयाँ शहर निर्माण गर्न लागिएको राज्यमन्त्री मानन्धरले वताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD