१३ बैशाख २०८१, बिहिबार
Header

राजधानीमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा


प्रकाशित: शनिवार, १८ असोज २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सशस्त्र प्रहरीले राजधानीमा ३ दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।


निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए । 


नेपाली सेनाले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने छ ।


छतकुलीका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्केको बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।


त्यसैगरी दोस्रो बसले त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने  भएको छ । 
 

नेपाली सेनाले भने दशैंको टिकाको एक दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD