१३ बैशाख २०८१, बिहिबार
Header

राजधानीमा मिस टुरिज्म – २०१८ हुँदै,  प्रथम, द्धितिय र तृतिलाई क्रमशः ५०, ३० र २० हजार पुरस्कार


प्रकाशित: बुधबार, २ साउन २०७५, २०ः५८ बजे
- महानगरखबर

काठमाडौ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य तथा पर्यटन क्षेत्रमा महिला सहभागितलाई बृद्धि गर्नका लागि प्याईन्ट मिडियाले ‘मिस टुरिज्म– २०१८’ प्रतियोगितको आयोजना गर्दैछ ।

 
राजधानीमा यही भाद्र २५ गते सो प्रतियोगित हुने भएको बुधवार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिएके छ ।

 
प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले तेश्रो संस्करण लागि १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा भाग लिन सक्ने बताएका छन् ।

 
प्रतियोगिताका लागि बुधबारदेखि नै  फारम खुला गरिएको छ । सो प्रतियोगितमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । 


उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD