१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राजधानीमा बीमाबारे अन्तराष्ट्रिय सम्मेलन हुँदै


प्रकाशित: आईतबार, २४ भाद्र २०७५, १७ः०९ बजे
- महानगरखबर

काठमाडौं । बीमा विशेषज्ञहरुले बीमाबारे विशेष प्रस्तुती तथा बीमाका नयाँ नीतिबारे जानकारी दिने उदेश्यले यही असोजमा राजधानीमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । 


राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार असोज ९ र १० गते विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज) को २१ औ सम्मेलन हुन लागेको हो । 


यस सम्मेलनमा विकाससिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायका १५० भन्दा धेरैको सहभागिता रहने आयोजकले बताएको छ ।  


एआइआरडिसी, बीमा समिति र नेपाल बीमक संघले संयुक्त रुपमा आयोजना गर्न लागको सो सम्मेलनमा ठुला किसिमका प्राकृतिक प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिईने उपाध्यक्ष विजय शाहले बताए । 


सम्मेलनमा बीमा कम्पनीहरुले २०७२ सालको महाभुकम्पको समयमा बीमा कम्पनीले कसरी दाबी भुक्तानी गर्ने भन्ने विषयका पनि प्रस्तुती दिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex