१५ बैशाख २०८१, शनिबार
Header

राजधानीमा दशैं लक्षित विशेष सुरक्षा योजना, बागबजार सामुदायिक सेवाद्धारा पनि सचेतना माईकिंग


प्रकाशित: विहिवार, ७ असोज २०७८, १८ः२० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं प्रहरीले दशैं लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । 


महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर सुरक्षा योजना लागु गरेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताएका छन । 


चाडपर्वलाई केन्द्रित गरेर राजधानीको सुरक्षा व्यवसथा सुरक्षित बनाउने । दोस्रो देशविदेशबाट घर फर्किएर राजधानी हुँदै गन्तव्यमा जाने यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था गरिने भएको छ । 


त्यसैगरी कुनै पनि असामाजिक, अप्रिय र अपराधिक घटना हुन नदिन छुट्टाछुट्टै रणनीति बनाएर प्रहरी परिचालन गरिएको छ । 


सुरक्षा योजना अन्र्तगत राजधानीमा ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित गरिएको छ । प्रहरीका अनुसार दशैंको समयमा चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी जस्ता गतिविधि लक्षित गरेर मानिसहरुको भिडभाड हुनसक्ने स्थानमा विशेष टोली खटाइएको छ ।


प्रहरीले खशी, कुखुरा किनबेच हुने बजारमा सुरक्षार्थ ५ टोली परिचालन गरेको छ । राजधानीका मन्दिरहरुमा नियमित सुरक्षाबाहेक १२ वटा टोली परिचालित छ ।


५ वटा स्टइकिङ, २२ वटा एम्बुसिङ र निगरानी र ४६ वटा क्रस चेकिङ, टिकट काउन्टरमा ११ वटा टोली परिचालन लुटपाट हुनसक्ने भएकाले सादा पोशाकको टोली खटाइ सकिएको छ । 


त्यसैगरी ३६ वटा टोली ‘कर्डन एण्ड सर्च’ अपरेशनका लागि राखिएको छ । वृत्तका आधारमा क्षेत्र भिाजन गरेर २४ मोबाइल टोली परिचालत गरिएको छ ।


राजधानी प्रवेश गर्ने नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार अपराध महाशाखासँग समन्वय तथा सहकार्यमा सादा पोशाकको टोली समेत खटाइएको छ । 


राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि काठमाडौंका ९ स्थानमा सहायता कक्ष राखिएको छ । काठमाडौं प्रहरीका अनुसार सुन्धारा, गौशाला, चाबहिल, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा ती हेल्प डेस्क राखिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि ३५ स्थानमा भइरहेको प्रहरीले जनाएको छ । 


काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौं प्रवेश गर्ने नाकामा क्लोज सर्किट (सीसी) क्यामराबाट निगरानी गरिएको छ । 


त्यसैगरी सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजार पुरानो बसपार्कले चाडपर्वलाई लक्षित गरी केहि दिन सुरक्षा सचेतना माईकिंग गरिरहेको प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए । 

 


यस क्षेत्रको विभिन्न चोक, गल्लीमा गएर माईकिंग, पर्चा पम्पलेट वितरण गरी चाडपर्वमा हुन सक्ने अपराधजन्य गतिविधि, चोरी, डकैती जस्ता कुरामा सचेत गराउन अभियान चलाएको सेवाका अध्यक्ष विपेन्द्र खड्गीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD