१६ चैत्र २०८०, शुक्रबार
Header

राजधानीमा टाटा मोटार्सको कार मेला सुरु, मेलामा युरोप टुरसँगै उपहारै उपहार


प्रकाशित: शुक्रबार, १ भाद्र २०७५, १३ः२७ बजे
- महानगरखबर

काठमाडौं । राजधानीको नक्साल ब्याँकेटमा सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला सुरु भएको छ ।

 
प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लाग्ने मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ । 


तिन दिनसम्म लाग्ग्ने सो मेलामा गाडी बुकिङ गर्दा गोलाप्रथाबाट एक जोडीलाई यूरोप टुर, जोडीलाई थाइल्याण्ड टुर, हिराको औठी, दुई जनालाई २ वर्षको निशुल्क सर्भिसिङ, ३ जनालाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र एक जनालाई ६ महिनासम्मको निशुल्क इन्धन दिइने कम्पनीले जनाएको छ । 


त्यसैगरी प्रत्येक टेस्ट ड्राइभमा लक्की ड्रमार्फत दुई जनालाई प्रत्येक भ्यालुएसनमा फिल्मको टिकट दिइने कम्पनीले जनाएको छ । यो वाहेक गोलाप्रथामार्फत वासिङ कुपन वा फूल ट्याक इन्धन एक जनालाई दिने कम्पनीले जनाएको छ । 


मेलामा फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्रमार्फत प्रत्येक दिन मोबाइल दिने कम्पनीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD