१३ भाद्र २०८३, शनिबार
Header

राजधानीमा आजबाट विमेस्टेक सम्मेलन सुरु


प्रकाशित: विहिवार, १४ भादं २०७५, ०८ः२७ बजे
- महानगरखबर

काठमाडौँ । लामोसमयदेखि चर्चा रहेको विमेस्टेक सम्मेलन आज (विहिबार)बाट सुरु हुँदैछ ।  भोली ( शुक्रवार ) सम्म चल्ने यस शिखर सम्मेलनले व्यापार, उर्जा लगायतका बिषयमा सम्झौता गर्ने भएको छ । 


सम्मेलनमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ । त्यसैगरी विद्युत प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्ने भएका छन् । 


साँझ पौने चार बजे सुरु हुने सम्मेलनमा बिमस्टेक राष्ट्रबीच खुला व्यापार सम्झौताका बारेमा पनि छलफल हुनका साथै क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई त्यसलाई कार्यान्वयन गर्नेबारे सातै देशका राष्ट्ररसरकार प्रमुखबीच छलफल हुने एजेन्डा छ ।


सम्मेलनका लागि बुधवारनै सदस्य राष्ट्रहरु भुटानबाट अन्तरिम सरकारका सल्लाहाकार तथा प्रधानन्यायाधिश छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति विन मिन्ट आईसकेका छन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत–चान–ओच सम्मेलन सुरु हुनुअघि बिहीबार मध्याह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex