४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजधानीबाट रिभल्वरसहित २ जना पक्राउ


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौको जडिबुटीमा रिभल्वरसहित २ जनालाई पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरीलाई एउटा घरेलु रिभल्वरसहित पक्राउ गरेको हो । 


जडिबुटी ढुङ्गेधारामा बस्दै आएका उनीहरुको साथबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थान पनि भेटिएको छ । 


ड्यूटीमा खटिएको प्रहरीले ज ११ प ४८६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई भेट्टाएको थियो । 


प्रहरीले थप अनुसन्धान अगाडी बढाएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex