२ भाद्र २०८३, मंगलबार
Header

राजधानीको ५ स्थानमा सुरु भयो ‘स्मार्ट पार्किङ’


प्रकाशित: शुक्रवार, १७ जेठ २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । व्यवस्थित पार्किङको लागि विहिवारदेखि राजधानीको पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ सुरु भएको छ । 


काठमाडौं महानगरपालिको योजनामा सुरु भएको स्मार्ट पार्किङ पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा शुरु गरिएको हो । 


कामपाले स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै पार्किङ समस्या कम हुने र ट्राफिक जाम लगायतको समस्या पनि हट्ने विश्वास व्यक्त गरेको छ । 


महानगर प्रवक्ता ईश्वरमान डङ्गोले अनुसार अवस्थित पार्किङले निम्ताएको समस्यालाई सम्बोधन गरी सहरी सुविधा दिन महानगरले यो योजना सारेको बताए । 


प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ । 


स्मार्ट पार्किङमा एक पटकमा करीब ८०० वटा दुईपाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । 


त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ । 


सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गरेर पार्किङ बुक गर्ने सुविधा समेत रहेको छ । 


मोबाइलमार्फत ‘केटिएम पार्क’ एप्लिकेशन ‘डाउनलोड’ गरी घरमै बसेर पार्किङ ‘बुकिङ’ गर्न सक्नेछन । 


कामपाले ‘ब्हिल्स ट्रली योर्स प्रालि’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो । पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि रु एक करोड लागत लागेको जनाइएको छ  । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex