१६ चैत्र २०८०, शुक्रबार
Header

राजधानीको होर्डिङ बोर्ड हटाउन सर्वोच्चको निर्देशन


प्रकाशित: विहिवार, २८ कातिक २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदाललते काठमाडौं महानगरपालिका भित्रका होर्डिङ बोर्डहरु हटाउन निर्देशन दिएको छ । 


सर्वोच्चले काठमाडौं महानगरपालिकालाई पत्रचार गर्दै ७ दिनभित्र होर्डिङ बोर्ड हटाउन भनेको छ । ४ वर्ष अगाडि नै सर्र्वेच्चले काठमाडौंभित्र होर्डिङ बोर्ड नराख्न र राखेको भए हटाउन आदेश दिएको थियो ।


०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड निषेध गरेको समाचार अनलाईनखवरडटकमले विहिवार प्रकाशित गरेको छ ।

 
समाचार अनुसार महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो । पछिल्लो पत्रमा निर्देशनालयले ७ दिनभित्र प्रगति पठाउन महानगरलाई भनेको छ ।


काठमाडौंको थापाथली, माइतीघर, त्रिपुरेश्वर, बानेश्वर लगायतका मूख्य चोककै छेउछाउमा ठूला–ठूला बोर्ड राखिएका छन । 


महानगरपालिका आफैंले विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङ बोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टाँस्न नपाइने नियम बनाएको छ ।

 
त्यस्ता प्रचार सामग्रीहरु सडकबाट १० मिटरभित्र हुनुपर्ने, घरको झ्याल मिचेर राख्न नपाइने, सार्वजनिक स्थलमा टाँस्न नपाइने लगायतका मापदण्ड पनि कार्यान्वयन हुन सकेका छैनन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD